Smriti Ra Anubhuti by Prof. Dr. Surendra

 875.00 875.00

स्मृति र अनुभूति
Author: प्रा.डा. सुरेन्द्र के.सी.
Publisher: Pairavi Prakashan
Published Year:2080 Chaitra
ISBN Number: 978-9937-9673-3-4
Color: Light Green

Dr. Surendra K.C. was born in 2012 BS (1955 AD) in Sabik Sawadin-8, Taplejung, Mechi Zone. He received his early education from Ravikala Primary School in the village and completed his secondary education at Moti Secondary School, Khokling. In 2035 BS (1978 AD), he obtained his undergraduate degree from Mahendra Multiple Campus, Dharan, and in 2038 BS (1981 AD), he earned his postgraduate degree from Tribhuvan University. Dr. K.C. achieved his Ph.D. from the same university in 2053 BS (1996 AD).
He began his teaching career at Bhojpur Multiple Campus in 2037 BS (1980 AD) and retired in 2074 BS (2017 AD). In 2043 BS (1986 AD), he was appointed Campus Chief of Doti Multiple Campus, and in 2045 BS (1988 AD), he was transferred to the same position at Mahendraratna Multiple Campus, Ilam, where he served until 2047 BS (1990 AD). Later, in 2065 BS (2008 AD), he was promoted to the position of Professor in the Central Department of History, Kirtipur.
Dr. K.C. has published numerous research and analytical articles in various journals and newspapers. He has presented several papers on topics such as Gorkha recruitment, indigenous peoples, immigration issues, border issues, and treaties at various national-level seminars, which have also been published. Although history is his main subject, Dr. K.C., who has been a columnist in various newspapers, is also established in providing detailed analyses of contemporary political events. His research-based articles are regularly published in various newspapers. Additionally, he has published various research works and campus-level textbooks, with some awaiting publication.

प्रा. डा. सुरेन्द्र के.सी. को जन्म २०१२ सालमा मेची अञ्चलको ताप्लेजुङ, साविक सावादिन-८ मा भएको हो। उहाँले गाउँको रविकला प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गर्नुभयो भने मोती माध्यमिक विद्यालय, खोक्लिङबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गर्नुभयो। २०३५ सालमा महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट स्नातक उपाधि र २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको डा. के.सी.ले सोही विश्वविद्यालयबाट २०५३ सालमा विद्यावारिधि उपाधि हासिल गर्नुभयो।
२०३७ सालदेखि भोजपुर बहुमुखी क्याम्पसबाट प्राध्यापन सेवाको थालनी गरी २०७४ सालमा सेवा निवृत्त हुनुभएको डा. के.सी. २०४३ सालमा डोटी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख नियुक्त हुनुभयो भने २०४५ सालमा सोही पदमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा स्थानान्तरण भई २०४७ सालसम्म कार्यरत रहनुभयो। त्यसपश्चात् उहाँ २०६५ सालमा इतिहास केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापक पदमा पदोन्नति हुनुभयो।
लेखकका अनेकौं अनुसन्धानात्मक तथा विश्लेषणात्मक लेख रचनाहरू विभिन्न जर्नल तथा पत्रपत्रिकाहरूमा प्रकाशित छन्। विभिन्न राष्ट्रियस्तरका गोष्ठीहरूमा उहाँले गोर्खा भर्ती, आदिवासी जनजाति, आप्रवासी समस्या, सीमा समस्या र सन्धि विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्नुभएको छ र ती प्रकाशितसमेत छन्। विभिन्न पत्रपत्रिकामा स्तम्भकारसमेत रहनुभएका लेखकको मुख्य विषय इतिहास भए तापनि समसामयिक राजनीतिक घटनाविवेचनामा सूक्ष्म विश्लेषण गर्नमा समेत स्थापित हुनुहुन्छ। विभिन्न पत्रपत्रिकामा उहाँका अनुसन्धानमूलक लेखहरू प्रकाशित भइरहेका छन्। उहाँका विभिन्न अनुसन्धानात्मक कृतिहरू तथा क्याम्पसस्तरीय पाठ्यपुस्तकहरू प्रकाशित हुनुका साथै केही प्रकाशोन्मुखसमेत रहेका छन्।

SKU: Smriti-Ra-Anubhav
Category:
Tag:
Weight 1 g
Author

Prof. Dr. Surendra K.C.

ISBN Number

978-9937-9673-3-4

format

,

Language

Nepali

Customer Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.